• आइतबार, साउन ३१ २०८३

ओलीकै गृह जिल्लाका दुई नेताले गरे केन्द्रीय सदस्य पद अस्वीकार


बुधबार, पुष ८ २०७७
830
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहका दुई नेताले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवासमा बसेको ओली समूहको केन्द्रीय समिति बैठकले ५५६ जना केन्द्रीय सदस्य थप गरेको थियो।

मंगलबार ओली समूहमा थपिएका प्रधानमन्त्री ओलीको गृह जिल्ला झापाका नेता तथा प्रदेश संसद गोपाल बुढाथोकी तथा प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले केन्द्रीय सदस्य पद अस्वीकार गरेका हुन्।

बुढाथोकीले फुटको नमिठो इतिहासबाट शिक्षा नलिएर परिवारलाई भन्दा बढी माया गरेको पार्टी विभाजन गरेको भन्दै आफूलाई विभाजित कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य मन्जुर नभएको बताएका हुन्।

त्यस्तै प्रदेश १ सामाजिक विकास राज्यमन्त्री गजमेरले पनि नेकपा ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन्।

उनले पनि बिश्वास र भरोसाको साथ अमूल्य मत दिएको पार्टी बिभाजन हुँदा जनता रोइरहेको भन्दै यस्तो अवस्थामा प्राप्त गरेको केन्द्रीय सदस्यको जिम्मेवारीलाई स्वीकार गर्न नसक्ने बताएकी हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार