• आइतबार, साउन १० २०८३

३१५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगे प्रचण्ड–नेपाल समूहका नेता


बुधबार, पुष ८ २०७७
660
Shares


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षका नेता ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको छ।

वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाण र मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित स्थायी समिती सदस्य लीलामणि पोखरेल लागयतका नेता आयोग पुगेका हुन्।

आधिकारिकताका लागि चाहिने सबै प्रमाणहरु पु¥याएर आफूहरु आयोगमा आएको नेता पोखरेलले बताए।

आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सबैको विवरण, नागरिकतासहित सनाखत, हस्ताक्षर हुनुपर्ने व्यवस्था रहेको छ। आधिकारिकता प्रमाणित भएपछि निर्वाचन आयोगले यसअघि नै प्रयोग गर्दै आएको पार्टीको नाम, चुनाव चिह्न पनि बहुमत सदस्य भएको पक्षले दिनेछ।

नेकपाको ४४६ केन्द्रीय सदस्यमध्ये ४४१ बहाल रहेको र त्यसमा पनि ३१५ केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड नेपाल समूहले दावी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार