• शनिबार, असोज १० २०८३

ओलीलाई हटाएर प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी


बुधबार, पुष ८ २०७७
675
Shares

काठमाडौं । आज (बुधबार) नेकपा प्रचण्ड—नेपाल पक्षको संसदीय दलको बैठक बस्दै छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने भएको हो।

बहुमत सांसद आफूसँग रहेको दाबी गरिरहेको यो पक्षले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता बनाउने तयारी गरेको एक सांसदले जानकारी दिए।

९० जनाभन्दा बढी सांसद आफूसँग रहेको दाबी गर्ने सो पक्षले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदनसमेत हालेको छ। जसको सुनुवाइ आज हुँदै छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार