• आइतबार, साउन १० २०८३

१२ वर्षपछि अध्यक्षको आसनमा माधव नेपाल


बुधबार, पुष ८ २०७७
710
Shares

प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाललाई प्रचण्डपछिको वरियता रहने गरी अध्यक्ष चयन गरेको छ ।

नेकपा एकीकृत रहँदा भने नेता नेपाल चौथो वरियतामा थिए । उनी अघि नेता झलनाथ खनालको वरियता थियाे । नेता नेपाल आफू पनि पार्टी अध्यक्ष हुन चाहन्थे । पछिल्लो समय नेकपाभित्र विवाद चुलिंदै गएका बेला ओलीले नेता नेपाललाई अध्यक्ष बनाउने आश्वासन पनि दिने गरेका थिए । नेपाल भने त्यसमा उदारो आश्वासन भन्दा पनि लिखित सहमति नै हुनुपर्ने अडान राख्थे ।

विभक्त पार्टीको नै सही उनी १२ वर्षपछि पुनः पार्टी अध्यक्ष भएका छन् । नेता नेपालले तत्कालीन नेकपा (एमाले)लाई पार्टी महासचिव भएर १५ वर्ष नेतृत्व प्रदान गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि त्यसको नैतिक जिम्मेवारी लिंदै महासचिवको पदबाट राजीनामा दिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार