• शनिबार, असोज १० २०८३

राष्ट्रपतिद्रारा डा. खतिवडा अमेरिकाका लागि राजदूत नियुक्त


मंगलबार, पुष ७ २०७७
980
Shares

काठमाडौं । डा. युवराज खतिवडा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व अर्थमन्त्री डा. खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालय शीतल निवासले जनाएको छ।

मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमनत्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले संविधानको धारा २८२ बमोजिम सरकारको सिफारिसमा खतिवडालाई अमेरिकाको आवासीय राजदूतमा नियुक्त गरेको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार