• आइतबार, साउन १० २०८३

गुटले पार्टी प्रवक्ता हटाउनुको कुनै अर्थ छैन : नारायणकाजी श्रेष्ठ


मंगलबार, पुष ७ २०७७
1.4K
Shares

काठमाडौं । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफू नै पार्टीको आधिकारिक प्रवक्ता भएको बताएका छन्।

मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा आयोजित प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठकका बीच उनले गुटले प्रवक्ताबाट हटाउनुको कुनै अर्थ नहुने बताए।

पार्टीको आधिकारिक बैठक भर्खर सुरु भएको भन्दै प्रवक्ता श्रेष्ठले आफूनै आधिकारिक प्रवक्ता भएको बताएका हुन्।

यसअघि मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री ओली पक्षीय केन्द्रीय समिति बैठकले प्रवक्ताबाट श्रेष्ठलाई हटाएर प्रदीप कुमार ज्ञवालीलाई जिम्मेवारी दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार