• आइतबार, साउन १० २०८३

प्रचण्ड–नेपाल पक्षको बैठकमा ३१० केन्द्रीय सदस्य सहभागी


मंगलबार, पुष ७ २०७७
770
Shares

काठमाडौं । प्रचण्ड–माधव नेपाल समूहले बोलाएको नेकपा केन्द्रीय समिति बैठकमा दुई तिहाइ बढी केन्द्रीय सदस्यको सहभागिता रहेको छ ।

बैठकमा स्थलमा राखिएको केन्द्रीय सदस्यहरुको हस्ताक्षर पुस्तिकामा ३ सय १० जना केन्द्रीय सदस्यको नामावली रहेको छ । यो भनेको नेकपाको आधिकारिक केन्द्रीय सदस्य संख्याको दुई तिहाइ बढी हो ।

हाल नेकपामा ४ सय ४६ जनाको केन्द्रीय सदस्य रहेकोमा केही पद रिक्त रहेको छ ।
प्रचण्ड नेपाल समूहको बैठक राजधानीको कार्की ब्यांकेटमा जारी छ ।

बैठकमा ओलीलाई अनुशासनको कारबाही गर्नेलगायतको एजेण्डा तय गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार