• आइतबार, साउन १० २०८३

नेकपाभित्रको विवाद पदका लागि होइन : नेपाल


मंगलबार, पुष ७ २०७७
755
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले अहिले देखिएको विवाद पदका लागि नभएको दावी गरेका छन् ।

नेपालका अनुसार विवाद पदका लागि नभई पार्टी कस्तो बनाउने रहेको बताए । उनले आजको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नियम र अनुशासनमा बस्नुपर्छ भन्ने कुरालाई प्रधानमन्त्री केपी शर्मा ओलीले घेराबन्दी भनेको कुरा पनि जानकारी गराए ।

सरकारका दैनिक काम कारवाहीमा आफूहरुले हस्तक्षेप नगरेको र गर्नु हुँदैन भन्नेमा जानकार रहेको उनले बताए । तर नियुक्तिहरु, पार्टीका नीतिगत कुराहरु लागू गर्ने सवालमा पार्टीको निर्देशनलाई सरकारलाई मान्नुपर्ने उनको भनाइ थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार