• आइतबार, साउन १० २०८३

ओली पक्षले पठायो निर्वाचन आयोगमा केन्द्रीय कमिटी पुनर्गठनको पत्र


मंगलबार, पुष ७ २०७७
740
Shares


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहले केन्द्रीय कमिटी ‘विस्तार’ गरेको पत्र निर्वाचन आयोगमा पुर्‍याएको छ ।

एक आयुक्तका अनुसार पत्रमा केन्द्रीय कमिटी पुनर्गठनको मिति भने सोमबारको राखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको छ । ओली समूहका एक नेताका अनुसार महाधिवेशन आयोजक समितिका सदस्यहरुको सूची तयार गरिँदैछ ।

यस्तै, २ मंसिर २०७८ मा महाधिवेशन गर्ने र पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई हटाउर प्रदीप ज्ञवालीलाई नयाँ प्रवक्ता तोक्ने निर्णय गरेको ओली समूहले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार