काठमाडौं । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज थपेका नयाँ ५ सय ५६ जना केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई सपथग्रहण गराएरका छन्।
मंगलबार थपिएका ५ सय ५६ जनामध्ये बालुवाटारमा उपस्थितहरूलाई प्रधानमन्त्रीले सपथ खुवाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यसअघि आजैको बैठकमा उनले १ सय ९७ जना पछि थप्ने गरी ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका थिए ।
सपथग्रहण गराएर आजको ओली पक्षले राखेको केन्द्रीय समिति बैठक सकिएको छ।
सो पक्षको अर्को बैठक पुस ९ गतेका लागि तोकिएको छ।