काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या १ हजार १ सय ९९ सदस्यीयबनाएर महाधिवेशन आयोजक समिति घोषणागरेका हुन् ।
हाल नेकपाको केन्द्रीय सदस्य ४ सय ४६ जनाको रहेको छ भने ७ सय ५३ जना थपिएसँगै केन्द्रीय सदस्य १हजार १ सय ९९ जनाको हुनेछ । जुन महाधिवेशन आयोजक समितिको रुपमा रहनेछ ।
यसअघि बसेको स्थायी कमिटीको बैठकले चैतमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ ।