काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकमा गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल) अनुपस्थित भएका छन् ।
सोमबार ओली र प्रचण्ड दुबै पक्षले बोलाएको बैठकमा उनी सहभागी भएका थिएनन् ।
प्रचण्ड र माधव नेपाल पक्षका सात मन्त्रीले राजीनामा दिँदा बादल र लेखराज भट्टले राजीनामा दिएका थिएनन् भने उनी कता लाग्ने भन्नेमा अझै स्पष्ट भइसकेका छैनन् ।
यद्यपी भट्ट र बादल निकटका केही नेता भने ओलीले बोलाएको आजको बैठकमा सहभागी छन् ।