काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो ।
बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि झण्डै डेढ घण्टा ढिला गरी सुरु भएको हो । ओलीले बोलाएको बैठकमा ओली समूहका सहित पूर्व माओवादी निकट टोपबहादुर रायमाझीसहितका केही नेतापनि सहभागी रहेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि नेकपा विभाजनको डिलमा रहेको छ भने आजै प्रचण्ड समूहले पनि केन्द्रीय समिति बैठक बोलाएको छ ।