• आइतबार, साउन १० २०८३

सरकारले प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न दियो निर्देशन


मंगलबार, पुष ७ २०७७
815
Shares

काठमाडौं । देशभरका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखहरुलाई जिल्ला नछाड्न सरकारले निर्देशन दिएको छ।

गृह मन्त्रालयको अनुमतिबिना प्रजिअ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न सरकारले निर्देशन दिएको हो। प्रतिनिधिसभा विघटनपछि देशका विभिन्न ठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन भइरहेका छन्।

सरकारको समर्थन र विरोधमा हुने प्रदर्शन र शान्तिसुरक्षालाई ख्याल गर्दै गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रजिअ र चारवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरूलाई जिल्ला छाडेर कतै नजान परिपत्र गरेको हो।

बदलिँदो राजनीतिक परिस्थितिअनुसार शान्तिसुरक्षा सुदृढ बनाउन प्रधानमन्त्री ओलीले चारवटै सुरक्षा अंगका प्रमुखसँग आइतबारै छलफल गरेका थिए। छलफलपछि उनले प्रजिअ र सुरक्षा प्रमुखहरुलाई हाइ अलर्टमा रहन निर्देशन दिएका हुन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार