Former King Gyanendra Shah speaking at the inauguration of International Birat Hindu Mahasammelan in Kathmandu, on Thursday, October 20, 2016. Photo: THT
पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको कदर नगरेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सन्दर्भलाई संकेत गर्दै शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन्।
‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ सामाजिक सञ्चालमा शाहले लेखेका छन्, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन्।’