• शनिबार, असोज १० २०८३

प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले बुधबार देशव्यापी प्रदर्शन गर्ने


सोमबार, पुष ६ २०७७
890
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ।

जसपाका उपत्यकामा उपलब्ध केन्द्रीय कार्यकारिणी समितिको सोमबार केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले यही पुस ८ गते सबै जिल्ला सदरमुकामहरूमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए।

डा. भट्टराईले संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न मंगलबार केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार