• शनिबार, असोज १० २०८३

ओलीलाई कारबाही गरेको पत्र नेकपाले निर्वाचन आयोगमा बुझायो


सोमबार, पुष ६ २०७७
855
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ। सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र आयोगमा बुझाएका हुन्।

संसद विघटन गर्ने निर्णयपछि आइतबार दिउँसो बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै अनुशासनको कारबाही गरेको थियो। सो निर्णयलाई निर्वाचन आयोग पुगेर जानकारी गराइएको पाखरेलले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार