• शनिबार, असोज १० २०८३

सरकार घेराबन्दीको सिकार भयो : प्रधानमन्त्री


सोमबार, पुष ६ २०७७
900
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न नसक्नेगरी घेराबन्दीमा पारेपछि संसद विघटन गरेर ताजा जनादेशका लागि निर्वाचनमा जानु परेको बताएका छन्।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानुपर्ला भन्ने कसैले नसोचेको भए पनि बाध्य भएर त्यस दिशामा जानुपरेको बताएका हुन्।

संसद विघटनपछि विकसित घटनाक्रमलाई लिएर सम्बोधन गरेका उनले सरकारलाई निरन्तर काम गर्नबाट रोक्न खोजेपछि आफूले पछिल्लो कदम चालेको प्रस्टीकरण दिएका हुन् ।

उनले पार्टीमा लामो समयदेखि विवाद चल्दै आएको र सोही विवाद समाधानको प्रयासस्वरुप दुई अध्यक्षका बीचमा कार्यविभाजन गरी एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टीका काम गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको जिकिर गरे ।

यसबाट पार्टीभित्रका समस्या समाधान हुने अपेक्षा गरिएको भए पनि त्यसअनुसारको परिणाम नदेखिएको उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार