• आइतबार, साउन १० २०८३

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सर्वोच्चमा रिट दर्ता


सोमबार, पुष ६ २०७७
750
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भङ्ग गरेको कदम विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सर्वोच्च अदालतमा हिजै रिट निवेदन लिएर पुगेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले भने ‘मेरो निवेदन एक नम्वरमा भएकाले दर्ता भइसक्यो । मैले दर्ता गरेको रिटको पुस ८ गते सुनुवाई हुने भयो । अरु पनि दर्ता भइरहेका छन् ।‘

रिट निवेदक अर्का अधिवक्ता लोकेन्द्र केसीका अनुसार अहिले रिटको ‘इन्ट्री’ भइरहेको छ । ‘अहिलेसम्म १२ वटा रिट जम्मा भएका छन् । तिनको इन्ट्री र दर्ता भइरहेको छ । मैले भर्खरै रिट शाखामा फोटोकपी बुझाएर सक्कली लिएँ’, केसीले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार