• शनिबार, असोज १० २०८३

गृहमन्त्री थापालाई भेट्न प्रचण्ड पुगे पुल्चोक


सोमबार, पुष ६ २०७७
800
Shares


काठमाडौं । नेकपाका कार्यकारी पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्री रामबहादुर थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेका छन्।

सोमबार मध्यान्ह अध्यक्ष प्रचण्ड पार्टी सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री थापालाई भेट्न मन्त्रीनिवास पुल्चोक पुगेको स्रोतले बतायो।

पार्टी विवादमा प्रधानमन्त्री ओलीको पक्षमा देखिँदै आएका गृहमन्त्री थापा सोमबार बिहान प्रधानमन्त्रीले बोलाएको भेलामा नगई आफूपक्षीय नेताहरुसँग मन्त्रीनिवासमै छलफल गरेका थिए।

त्यसको केहीबेरमा नै अध्यक्ष प्रचण्ड पुल्चोक पुगेको र अहिले दुई नेताबीच छलफल भइरहेको स्रोतले बतायो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार