• आइतबार, साउन १० २०८३

संसद विघटनपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले बोलायो सर्वदलीय बैठक


सोमबार, पुष ६ २०७७
650
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।

पार्टी कार्यालय सानेपामा दिउँसो चार बजेका लागी बैठक बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए ।

खाँडका अनुसार बैठकमा ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने छ ।

संसद भंग गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले सर्वत्र विरोध भइरहेको छ । कांग्रेसका नेताहरुले पनि ओलीको कदमको विरोध गर्दै अब सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार