• शनिबार, असोज १० २०८३

संसद विघटन गैरसंवैधानिक : नेकपा गोरखा


आइतबार, पुष ५ २०७७
805
Shares

गोरखा । संसद विघटन गैर संवैधानिक रहेको नेकपा गोरखाका अध्यक्ष लेखबहादुर थापाले बताएका छन् ।

आइतबार दिउँसो सिभिलखबरसंगको संक्षिप्त कुराकानीमा अध्यक्ष थापाले यस्तो बताएका हुन । ‘प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जुन किसिमले संसद विघटनको प्रस्ताव अनुमोदन गर्नु भयो यो पूर्ण रुपमा गैर संवैधानिक छ’ गण्डकी प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रि समेत रहेका थापाले सिभिलखबरलाई भने ‘हामी आन्तरिक छलफलका क्रममा छौ, पार्टीको आधिकारिक धारणा छिट्टै सार्वजानिक गर्छौ ।’

साथै उनले पार्टीका नेता, कार्यकर्ता लगायत भातृसंगठनहरुले सामाजिक सञ्जालहरुमा संसद विघटनको विरोध गरिरहेपनि तत्कालै सार्वजानिक रुपमा गोरखामा विरोधका कार्यक्रम आयोजना गर्ने योजना नरहेको समेत बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार