• आइतबार, साउन १० २०८३

नेकपाकै कार्यकर्ताले जलाए प्रधानमन्त्री ओलीको पुत्ला


आइतबार, पुष ५ २०७७
965
Shares

काठमाडौं । संसद विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै पोखरामा नेकपाकै कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन्।

आइतबार दिउँसो पोखराको महेन्द्रपुलमा नेकपाकै युवा तथा विद्यार्थीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्नुका साथै पुत्ला जलाएका हुन्।

उनीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदम सच्याउन र पार्टी निर्णय मानेर अगाडि बढ्न आग्रह समेत गरेका छन्।

प्रदर्शनपछि आयोविजत कोणसभामा बोल्दै अनेरास्ववियूका नेता क्षितिज सापकोटाले प्रधानमन्त्रीको कदम देश र जनताविरुद्ध भएको भन्दै तत्काल सच्याउन आग्रह गरे। उनले असंवैधानिक कदम नसच्याए पूर्वराजा ज्ञानेन्द्रको हालत बनाइदिने चेतावनीसमेत दिए।

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य पूर्ण लामाले प्रधानमन्त्रीले आफ्नै पार्टीको दुई तिहाइ बहुमत रहेको संसद विघटन गर्नु खोज्नु प्रधानमन्त्रीको मुर्खता भएको बताए। उनले व्यक्ति हठ त्यागेर पार्टी निर्णयअनुसार अगाडि बढ्न प्रधानमन्त्री ओलीलाई आग्रह समेत गरे।

प्रधानमन्त्री ओलीको कदमविरुद्ध नेकपाकै कार्यकर्ताले चितवनमा समेत प्रदर्शन गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार