काठमाडौं । सरकारले संसद विघटनको सिफारिस गरेसँगै त्यसबाट उत्पन्न हुने सुरक्षा चुनौतीबारे नेपाली सेना आन्तरिक छलफलमा जुटेका छन् ।
जंगी अड्डामा दुई घण्टादेखि छलफल चलिरहेको सैनिक स्रोतले जानकारी दिएको छ।
नेपाल प्रहरीले भने सुरक्षा चुनौतीबारे देशभर सर्कुलर जारी गरिसकेको छ। तत्काल विरोधका कार्यक्रमहरु हुन सक्ने र त्यो कुन हदसमको हुन सक्छ त्यही अनुसार योजना बनाउन भनिएको प्रहरी मुख्यालयले जनाएको छ।
यस विषयमा अहिलेसम्म सरकारबाट कुनै निर्देशन नआए पनि सुरक्षा निकायले आन्तरिक छलफल गरेर योजनामा लागेका हुन्। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले पनि मातहतमा सुरक्षा चुनौतीको अध्ययन गर्न निर्देशन दिइसकेका छन्।