काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् संसद विघटन गर्न सिफारिस गरेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु, मन्त्रीहरु र कानुनविद्सँग परामर्श गरिरहेका छन्।
आफ्नै निवास खुमलटारमा प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य जनार्दन शर्मासहित उर्जामन्त्री वर्षमान पुन, बनमन्त्री शक्ति बस्नेत र केही कानुनविद्सँग छलफल गरिरहेका हुन्।
प्रधानमन्त्री ओलीले आइतबार विहान आकस्मिक मन्त्रीपरिषद्को बैठक डाकेर संसद विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि राजनीतिक माहोल तनावपूर्ण बनेको छ।