• आइतबार, साउन १० २०८३

संसद विघटनको सिफारिस राष्ट्रघाती कदम : विवेकशील साझा


आइतबार, पुष ५ २०७७
615
Shares

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद विघटनको सिफारिसलाई राष्ट्रघाती कदम भनेका छन् ।

आइतबार दिउँसो प्रेस विज्ञप्ति जारी गरेर मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र तानाशाही कदम भनेका हुन् ।

उनले ओलीको कदमलाई ‘संविधानमाथिको स्पष्ट कू’ भएको बताउँदै नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद विघटनको ‘विशेषाधिकार’ प्रदान नगरेको समेत स्मरण गराएका छन् ।

ओलीको कदमलाई लोकतन्त्रमा विरलै प्राप्त हुने झण्डै दुई—तिहाइ जनमतमाथिको निर्लज्ज घात भएको मिश्रले बताएका छन् ।

मिश्रले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मन्त्रिपरिषद्को सिफारिस सदर नगर्न पनि माग गरेका छन् ।

मिश्रले संसद विघटनको सिफारिस सम्बन्धमा संघीय संसदमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग तत्काल छलफल थाल्न पनि भनेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार