काठमाडौं । नेपपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान नभएको भन्दै संसद विघटनको सिफारिस फिर्ता हुनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिसका गरेका थिए । पूर्व सभामुख समेत रहेका नेता पौडेलले मन्त्रिपरिषदबाट संसद विघटनको सिफारिस संविधान विपरीत भएको बताए ।
संसद विघटन लोकतन्त्रको मर्म र राष्ट्र हीत विपरीत भएको उनको ठहर छ । काँग्रेसले संसद विघटनको प्रतिवाद गर्ने जनाएको छ ।