• आइतबार, साउन १० २०८३

संसद विघटन अविवेकी निर्णय हो : नारायणकाजी श्रेष्ठ


आइतबार, पुष ५ २०७७
1.1K
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर संसद विघटनको सिफारिस गर्ने निर्णय सुनाएका थिए । नेकपा प्रवक्ता श्रेष्ठले यसको चर्को विरोध गरे ।

प्रवक्ता श्रेष्ठले भने, ‘मैले भर्खरै सुने कि मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे । यो गैर अलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार