काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माइतीघर पुगेर उखु किसानको आन्दोलनमा एक्यवद्धता जनाएका छन् ।
मिल मालिकबाट उखुको भुक्तानी नपाएको भन्दै आइतबारबाट किसानहरु माइतीघरमा आन्दोलित छन् ।
शुक्रबार दिउँसो नेता पौडेलले माइतीघर पुगेर समाजवाद उन्मुख राज्यमा किसानको अवस्था यही हो भन्दै प्रश्न उठाएका छन् ।
सरकारले उखु किसानको भुक्तानी नदिने मिल मालिकका नाममा पक्राउ पुर्जी जारी नाटक मन्चन गरेको पौडेलको आरोप छ । उनले उखु किसानको आन्दोलनमा काँग्रेस पनि रहेको बताए ।
कम्युनिस्टहरूले काम भन्दा पनि भाषण मात्र गरेको पौडेलले आरोप लगाए ।