• शनिबार, असोज १० २०८३

अध्यादेश फिर्ता लिएर तत्काल संसदको बैठक बोलाउन काँग्रेसको माग


शुक्रबार, पुष ३ २०७७
820
Shares

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।

संसद बैठक बसेर धेरै मुद्दा किनारा लगाउनुपर्ने बेलामा असंवैधानिक र अलोकतान्त्रिक हिसाबले ल्याइएको अध्यादेश फिर्ता लिन संसदीय दलको बैठकले माग गरेको दलका प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

उनका अनुसार संसद अधिवेशन छलेर संविधानको मर्म विपरीत अध्यादेश जारी गरेर वर्तमान सरकारले अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर गरेको बैठकको निष्कर्ष छ ।

कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ। संसदीय दल कार्यसमितिको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन समेत माग गरेको हो।

कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको कांग्रेसको ठहर छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार