काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को नयाँ नेतृत्वका लागि भाेली अर्थात पुस ४ गते शनिबार काठमाण्डाैमा निर्वाचन हुँदैछ ।
सिडेनको आगामी कार्यककालका लागि अध्यक्षमा ध्रुव थापा र उमेश थानी प्यालनसहित चुनावी मैदानमा उत्रिएका छन । १८ जनाको कार्य समितिका लागि हुन लागेको सिडेन निर्वाचनमा सबै पदमा दुवै प्यानलको उम्मेदवारी परेको छ ।
जसमा थापाको प्यानलबाट उपाध्यक्षमा मन्दीप सुवेदी, महासचिवमा रोशनराज गिरी, उपमहासचिवमा सुमन पुडासैनी र कोषाध्यक्षमा श्याम दाहाल उम्मेदवार बनेका छन् ।
यस्तै, थानीको प्यानलबाट उपाध्यक्षमा सूर्यबहादुर पाण्डे, महासचिवमा प्रेम चन्द्र राय, उपमहासचिवमा वीरेन्द्र खड्का र कोषाध्यक्षमा कौशल कार्की प्रतिस्पर्धामा छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसनका पूर्वअध्यक्ष थापा नेपाल सिमेन्ट उत्पादनक संघका वर्तमान अध्यक्ष पनि हुन् । थापा इन्जिनियर्स एसोसिएसनको सदस्य, महासचिव हुँदै अध्यक्षमा निर्वाचित भएकाले पनि थापामा परिपक्व नेतृत्व रहेको एक सदस्यले बताए ।
नेपाली कांग्रेसनिकट इन्जिनियरहरुको शुभेच्छुक संगठन भएकाले याे निर्वाचनमा अध्यक्षाका उम्मेदवार थापालाई गगन थापा, प्रदिप पाैडेल लगायतका काँग्रेसका युवा नेताहरुकाे साथ समेत रहेकाे बताइएकाे छ ।
थानी पनि नेपाल इन्जिनियर्स एसोसिएसनको महासचिव, नेपाल इन्जिनियरिङ काउन्सिलको रजिष्ट्रार, नेपाल विद्युत प्राधिकरणको संचालक समिति सदस्य भइसकेको हुनाले उनीसँग पनि अनुभवको कमी नरहेको बुझाई उनी पक्षका मतदाताको छ। तर उनलाई कतिपयले भने सिडेन फुटाएकाे आराेप पनि लगाउदै आएका छन ।
सिडेनमा ३ हजार ६ सय २३ मतदाता रहेकाे बताइएकाे छ ।