काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएका छन् । शर्माले कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने ‘ऐना’ कार्यक्रम सञ्चालन गर्ने भएका हुन् ।
प्रवक्ता शर्माले सामाजिक मुद्दामा तयार हुने कार्यक्रम ऐनामा प्रस्तोताको रुपमा जोडिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । द होराइजन मल्टिमिडियाले निर्माण गर्ने कार्यक्रम कान्तिपुर टिभीमा आगामी माघ ७ गतेदेखि प्रसारण हुनेछ ।