• आइतबार, साउन १० २०८३

अध्यादेश फिर्ता नलिँदै प्रधानमन्त्री ओलीले बोलाए संवैधानिक परिषद् बैठक


बिहिबार, पुष २ २०७७
700
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजेका लागी संवैधानिक परिषद् बैठक बोलाएका छन् ।

बुधबार (हिजो) नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरे पनि प्रधानमन्त्री ओलीले आज परिषद्को बैठक बोलाएका हुन् ।

बिहीबारसम्म अध्यादेश फिर्ताको सूचना राष्ट्रपति कार्यालयबाट नआएका बेला प्रधानमन्त्री ओलीले बैठक बोलाएपछि शंकाका दृष्टिले हेरिएको छ ।

बैठक बोलाउनुको कारण पनि खुलाइएको छैन । यसअघि जस्तो औपचारिक पत्र पठाउनुको साटो टेलिफोनबाटै बैठकको सूचना दिइएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई साँझ ५ बजे बैठकमा बोलाइएको काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

तर काँग्रेस सभापति देउवा भने बैठकमा नजाने लेखकको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार