• आइतबार, साउन १० २०८३

सांसदहरुले भने : किसानको मूल्य भुक्तानी नदिने उद्योगीलाई तुरुन्त पक्राउ गर


बिहिबार, पुष २ २०७७
715
Shares


काठमाडौं । सांसदहरुले उखु किसानको मूल्य भुक्तानी नदिने चिनी उद्योगीलाई तुरुन्तै पक्राउ गर्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सांसदहरूले यस्तो धारणा राखेका हुन् ।

उनीहरुले उद्योगीबाट किसानको रकमको साँवा ब्याजसमेत भुक्तानी गराउनुपर्ने धारणा राखेका छन् । सांसद प्रकाश रसाइलीले उद्योगीले चिनी बिक्री गरेर बैंकमा पैसा थुपार्ने र अन्तै लगानी गर्ने तर किसानलाई पैसा नदिएको बताए ।

बैठकमा सांसद भीमसेनदास प्रधानले उद्योगीको जाय जेथा राज्यले लिएर किसानलाई बाँड्न आग्रह गरे। सांसद किसान श्रेष्ठले केही घण्टाभित्रै उद्योगी समाउन उद्योगमन्त्रीको ध्यानाकर्षण गराए ।

सांसद अमृतादेवी अग्रहरिले एक हप्ताभित्रै किसानको समस्या समाधान गर्न सरकारलाई आग्रह गरिन् । किसानले माइतीघरमा आँशु चुहाउने यो अन्तिम पटक बनोस् भन्दै सांसद बिन्दा पाण्डेले भुक्तानी नदिने उद्योगीलाई पक्राउ गर्न प्रहरीले आलटाल गरेको आरोप लगाइन् ।

अरु मान्छे समाउन टेलिफोन ट्रयाप गर्ने प्रहरीले उद्योगीले मोबाइल नबोकेर ट्रयाप नगरेको हो भन्दै ब्यङ्ग्य समेत गरिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार