काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन्।
बुधबार अपरान्ह बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै नेकपा अध्यक्षसमेत रहेका ओलीले भावी प्रधानमन्त्रीका रुपमा उपाध्यक्ष गौतमलाई प्रस्ताव गरेका हुन्।
पार्टी सचिवालय गौतमले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ दिएको अवस्थामा ओलीले आजको स्थायी कमिटीमा यस्तो प्रस्ताव गरेका एकजना स्थायी कमिटी सदस्यले जानकारी दिएका छन्।
‘स्थायी कमिटी बैठकको यो अघिल्लो लहरका पाँचजना छौं। हामीमध्ये चारजना प्रधानमन्त्री भइसकेका छौं। अब प्रधानमन्त्री हुन बाँकी वामदेवजी मात्रै हो’, ओलीको भनाइ उद्धृत गर्दै ती स्थायी कमिटी सदस्यले भने, ‘अब उहाँलाई प्रधानमन्त्री बनाऊँ, निर्वाचन ल्याउने कि अघि नै अन्तबाट ल्याउने छलफल गरौं।’