• आइतबार, साउन १० २०८३

जो रक्षक, उही भक्षक – बाबुराम भट्टराई


बिहिबार, पुष २ २०७७
1.3K
Shares

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संविधानको रक्षक राष्ट्रपति आफैं भक्षक भएको आरोप लगाएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्ययादेश जारी गरेपछि पूर्वप्रधानमन्त्री डा. भट्टराईले आक्रोश व्यक्त गरेका हुन्।

सामाजिक सञ्जालमार्फत डा. भट्टराईले भनेका छन्, ‘जो रक्षक उही भक्षक बन्दै संविधानको संरक्षक हुनुपर्ने राष्ट्रपतिबाटै संविधानको हुर्मत, देशका कार्यकारी प्रमुख प्रमद्वारा पटकपटक अध्यादेशमार्फत लोकतन्त्रको चीरहरण,सत्ताधारी दल सत्तास्वार्थनिम्ति संसद नबोलाई रा प र प्रमको ढाल बन्न उद्यत हुन्छ भने विपक्षी दलहरूले संसद् बोलाउने आँट गरौं।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार