• आइतबार, साउन १० २०८३

विपन्न महिलाको उपचारमा आर्थिक सहयोग


बुधबार, पुष १ २०७७
845
Shares

गोरखा । लामो समयदेखि पत्थरी भई रकम अभावमा उपचार गराउन नसकेकी महिलालाई आर्थिक सहयोग गरिएको छ ।

पालुङ्गटार नगरपालिका वडा नम्बर ७ घर भएकी मिना श्रेष्ठलाई स्थानीय युवाहरुको पहलमा नगद १० हजार ५ सय संकलन गरी सहयोग गरिएको हो ।

नेपाल तरुण दलका गोरखा जिल्ला उपाध्यक्ष प्रशान्त देवकोटाको समन्वयमा संकलन भएको उक्त रकम बुधबार उनकै घरमा पुगेर हस्तान्तरण गरिएको हो ।

आर्थिक अभावमा उपचारमा समस्या भएको खबर पाएपछि थोरै भएपनि रकम संकलन गरिदिएको देवकोटाले बताएका छन् ।

सो रकम नेपाली काँग्रेस पालुङ्गटार ७ का वडासभापति श्याम कृष्ण श्रेष्ठले पिडित महिलालाई हस्तान्तरण गरेका हुन ।

रकम हस्तान्तरण कार्यक्रममा काँग्रेसका पालुङ्गटार नगर सदस्य मानबहादुर थापा, पार्टीकै वडा नम्बर ७ का सचिव कृष्णजी श्रेष्ठ, युवा नेता रमेश प्रसाद अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार