• आइतबार, साउन १० २०८३

संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै नेकपा सांसद पुगे शीतल निवास


बुधबार, पुष १ २०७७
940
Shares

काठमाडौँ । संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका केही सांसद राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् ।

मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमाथि छलफलका लागि अधिवेशनको माग गर्दै नेकपा सांसद पम्फा भुसाल र भीम रावलसहितको टोली निवेदन लिएर शीतलनिवास पुगेका छन् । उनीहरु सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र छलफल नै नगरी मंगलबार अध्यादेश ल्याएपछि सत्तारुाढ पार्टीभित्रै र प्रतिपक्षबाट समेत त्यसको चर्को विरोध भइरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका सांसदहरुले विशेष अधिवेशन माग गरेका हुन्।

राष्ट्रपतिलाई बुझाउन लगिएको पत्रमा ‘संसदको अधिवेशन बोलाउन छोडेर अध्यादेश ल्याई संसदलाई बन्धक बनाएको’ भन्दै तत्काल विशेष अधिवेशन आह्वान गर्नुपर्ने बताइएको ती नेताले उल्लेख गरे।

तर राष्ट्रपति कार्यालयले विशेष अधिवेशन माग गरिएको सो पत्र दर्ता नगरेको भन्दै शीतल निवासमा रहेका नेताहरुले बालुवाटारमा स्थायी समिति बैठकका लागि भेला भएका नेताहरुलाई जानकारी गराएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार