काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । नेकपा विवाद उत्कर्षमा पुगेको बेला स्थायी कमिटीको बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा ओली र प्रचण्ड छलफलमा जुटेका हुन् ।
तीन दिनको स्थगनपछि आज (बुधबार) १ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको छ । संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ ।
यसैबीच बुधबार बिहान ओलीनिकट मानिने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी कमिटी सदस्य शंकर पोखरेल अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए। पोखरेलले दुई अध्यक्ष छलफलमा बस्न सुझाव दिएका थिए । त्यसपछि नै ओली र दाहाल छलफलमा बसेका हुन् ।