• आइतबार, साउन १० २०८३

बारपाकका बाघेले गरे प्रहरीसँग आत्मसर्मपण


बुधबार, पुष १ २०७७
895
Shares

गोरखा । फरार प्रतिवादीको सूचीमा रहेका बाघे भनिने धनबहादुर घलेले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन् । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ निवासी घले २०७२ जेठ २२ गते फरार भएका थिए ।

उनीसँग अत्याधुनिक हात हतियार रहेको सूचनाकाा आधार बारपाक पुगेको टोलीले तत्कालिन समयमा ७६०० नम्बरको चारराउण्ड गोली भएको एकथान अटोमेटिक पेस्तोल, तीनराउण्ड गोली भएको कटुवा पेस्तोल एकथान र थ्री नट थ्री राइफलको तीनराउण्ड गोली बरामद गरेको थियो । हतियारसहित प्रहरीले घलेलाई पक्राउ गरे पनि स्थानीयले अबरोध गरेपछि उनी हतकडी सहित फरार भएका थिए ।

त्यसपछि २०७२ जेठ २४ गते उनी विरुद्ध प्रहरीले हात हतियार तथा खरखजना मुद्धा दर्ता गरी खोजी सुरु गरेको थियो । २०७३ साल मंसिर २० गते जिल्ला प्रशासन कार्यालयले उनलाई नौ महिना कैद र ८० हजार रुपैयाँ जरिवाना तोकेको थियो । त्यसपछि बारम्बार प्रहरीले उनलाई पक्राउ गर्ने प्रयास गरेपनि असफल हुँदै आएको थियो ।

तत्कालिन माओवादीको राजनितिक समर्थन पाएका बाघे पछिल्लो समय बारपाक र आसपासका राजनितिक कार्यक्रममा खुलेर हिड्न थालेका थिए । नेकपा एकतापछि उनलाई राजनितिक समर्थन समेत कम मिल्न थालेपछि उनी आत्मसर्मपण गर्न बाध्य भएको स्रोतको दाबी छ । सोमबार साँझ उनी आफै प्रहरीको सम्र्पकमा आएका हुन ।

यता प्रहरीले भने अथक प्रयास पछि उनीलाई आत्मसर्मपण गर्न बाध्य पारिएको दाबी गरेको छ । उनलाई अहिले पिसिआर गरी जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा राखिएको छ । नेगेटिभ रिर्पोट प्राप्त भएलगतै सजाय भुक्तानीका लागि जिल्ला अदालत गोरखामा बुझाइने प्रहरीले बताएको छ । पछिल्लो समय प्रहरीले फरार प्रतिवादी खोजी कार्यलाई तिब्रता दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार