• आइतबार, साउन १० २०८३

न्याय खाेज्न गोरखा आयाैं – राजावादी अभियान्ता भण्डारी


मंगलबार, मंसिर ३० २०७७
970
Shares

गोरखा । गोरखामा संघियता खारेजीसंगै राजसंस्था पुर्नस्थापनाको माग गर्दै प्रर्दशन भएको छ । गोरखा सदरमुकामको रंगशालाबाट सुरु भएको प्रदर्शन ¥याली हरमटारीचोक–कालीमाटी हुदै बसपार्कबाट पुन हरमटारीमै आएर कोण सभामा परिणत भएको थियो ।

राजसंस्था पुर्नस्थापना हुनुपर्ने माग सहित बिभिन्न प्लेकार्ड, राष्ट्रिय झण्डा बोकेर राजावादीहरुले बजार परिक्रमा गरेका थिए ।

राष्ट्रवादी नागरिक आन्दोलनको अगुवाईमा भएको ¥याली पछिको कोण सभालाई सम्बोधन गर्दै डा. सुरेन्द्र भण्डारीले न्याय खोज्न गोरखा आएको बताएका छन् । न्याय नपाए गोरखा जानु भन्ने प्रचलन रहेको भन्दै भण्डारीले संघियताले देश ध्वस्त पारेको बताएका छन् ।

‘इतिहासदेखि नै न्याय नपाएकालाई गोरखाले न्याय दिदै आएको हो, अहिले पनि देशमा न्याय हराएको छ’ भण्डारीले भने ‘अब फेरी गोरखाले देशलाई न्याय दिनुपर्छ ।’

नेपाल र नेपालीको आयस्रोतले संघियता धान्न नसक्ने बताउदै उनले नेपालमा राजसंस्था अपरिहार्य बनेको जिकिर गरे । देश भ्रष्ट्राचारको दलदलमा फसेको भन्दै अब एक एक गरेर भ्रष्ट्राचारीलाई कठघरामा उभ्याउने समय आएको समेत उनले बताए ।

कार्यक्रममा भण्डारीसंगै अनिल बस्नेत लगायतले बोलेको राजावादी अभियान्ता सुदिप ढकालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार