काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् ।
सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् ।
यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए । लगतै बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने अध्यादेश ल्याएपछि कांग्रेसले आपत्ति जनाएको छ ।