• शनिबार, असोज १० २०८३

प्रधानमन्त्री ओलीले मागे नेकपा प्रमुख सचेतक गुरूङको राजीनामा


मंगलबार, मंसिर ३० २०७७
805
Shares


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा संसदीय दलका प्रमुख सचेतक देब गुरूङको राजीनामा मागेका छन्।

आफूलाई असहयोग गरेको भन्दै नेकपा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले गुरुङको राजीनामा मागेका हुन्।

प्रधानमन्त्री ओलीले केही दिनअघि गुरूङलाई बालुवाटार बोलाएर राजीनामा मागेको स्रोतले बताए।

स्रोतका अनुसार पार्टी निर्णय भएमा मात्रै राजीनामा दिने जवाफ दिएका छन्।

स्थायी समिति सदस्य गुरूङ पूर्व माओवादी पक्षधर हुन्। नेकपाभित्रको अन्तरसँघर्षमा उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई साथ दिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार