• आइतबार, साउन ३१ २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी


मंगलबार, मंसिर ३० २०७७
785
Shares

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको छ।

मन्त्रिपरिषदको बैठक प्रायः साताको सोमबार र बुधबार बस्ने गरेकोमा यसपटक मंगलबार बोलाइएको हो । सो बैठक हिजो सोमबार साँझ नै खबर गरी बसेको नियमित बैठक भएको एक मन्त्रीले बताए।

नेकपामा विवाद थप जटिल बन्दै जाँदा प्रधानमन्त्रीले पार्टी विभाजनका लागि सहज हुनेगरी अध्यादेश ल्याउने अड्कलबाजी समेत भइरहेका बेला बैठक डाकिएका कारण सो आशंका समेत गरिएको छ।

‘बैठकमा नियमित एजेन्डा मात्र भएको जानकारी छ,’ एक मन्त्रीले भने।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार