• शुक्रबार, असोज ९ २०८३

संवैधानिक परिषद्को बैठक स्थगित, ५ बजे पुनः बस्ने


मंगलबार, मंसिर ३० २०७७
660
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बिहान ९ बजे बोलाएको संवैधानिक परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि परिषदको बैठक स्थगित भएको छ।

सभामुख सोपकोटा अनुपस्थित हुँदा गणपुरक संख्या नपुगेपछि परिषदको बैठक स्थगित भएको हो।

प्रधानामन्त्री ओलीले सो बैठक साँझ पाँच बजे बस्नेगरी पुनः बोलाएका छन्।

बैठकमा प्रधानमन्त्री ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना मात्रै उपस्थित रहेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार