• शुक्रबार, असोज ९ २०८३

संवैधानिक परिषद् बैठक : देउवा उपस्थित, सभामुख अनुपस्थित


मंगलबार, मंसिर ३० २०७७
800
Shares

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज (मंगलबार) बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । संवैधानिक आयोगहरुमा नियुक्ति गर्ने उद्देश्यका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक राखेका हुन् ।

सो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता तथा काँग्रेस सभापति शेरबहादुर देउवा उपस्थित भएका छन् भने सभामुख अग्नि प्रसाद सापकोटा अनुपस्थित भएका छन् । समन्वयन अभाव, पूर्वतयारीको कमी र पर्याप्त गृहकार्य नभएको भन्दै सापकोटा बैठकमा सहभागी नभएका हुन् ।

आइतबारको बैठकमा पनि सभामुख सापोकोटा र विपक्षी दलका नेता देउवा अनुपस्थित रहेका थिए। सो बैठकमा प्रधानमन्त्री ओलीले मंगलबार बैठक बस्ने जानकारी गराएका थिए।

प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिका लागि पार्टीमा समेत कुनै छलफल नगरेको भन्दै सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत असन्तुष्ट छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार