• आइतबार, साउन १० २०८३

ओली सरकारविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई बधाईः बाबुराम भट्टराई


सोमबार, मंसिर २९ २०७७
950
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान सरकारले गरेको भ्रष्टाचारविरुद्ध सडकमा उत्रिएकोमा काँग्रेसलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निरंकुशता र कुशासनविरुद्ध सडकमा उत्रिएको काँग्रेसलाई सामाजिक सञ्जालमार्फत डा.भट्टराईले बधाई दिएका हुन् ।

लोकतन्त्रमा राजनीतिका तीन प्रमुख कार्य क्षेत्रमध्ये सरकारमा सत्तापक्षको सदन तथा सडकमा विपक्षीको अधिकार र कर्तव्य रहने डा.भट्टराईले बताए । कोभिड–१९ को संक्रमण देखाएर स्थगित सदन बोलाउन पहल गर्नुपर्ने भट्टराईको माग छ । आफ्नो पार्टी पनि छिट्टै एकता समायोजनको काम सकेर सडक र सदनमा गर्जने भट्टराईले बताए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आज (सोमबार) देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका लागि काँग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार