• शुक्रबार, असोज ९ २०८३

आज देशभर कांग्रेसको विरोध प्रदर्शन


सोमबार, मंसिर २९ २०७७
765
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज (सोमबार) देखि सरकार विरुद्ध सडक संघर्षमा जाँदै छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक अपिल जारी गर्दै सरकारविरुद्ध सडक संघर्षमा उत्रन आम नागरिकलाई आग्रह गरेका हुन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गत साता तनहुँमा पुल उद्घाटन गर्न जाँदा दुव्र्यवहार भएपछि कांग्रेस सरकार विरुद्ध क्रुद्ध बनेको हो।

देउवाले जारी गरेको अपिलमा कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ।

सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको आरोप कांग्रेसको छ। त्यस्तै कोरोना संक्रमण नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको आरोप पनि उसले सरकारविरुद्ध लगाएको छ।

सभापति देउवाले सोमबारको सांकेतिक विरोधपछि सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार