• आइतबार, साउन १० २०८३

शोक प्रस्ताव पारित गर्दै नेकपा बैठक स्थगित, अर्को बैठक पुस १ गते


आइतबार, मंसिर २८ २०७७
765
Shares

काठमाडौं । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठक स्थगित भएको छ ।

नेकपा नेता तथा पूर्वसांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित गरिएको हो ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी रहे । गत मंसिर २१ गते सुरु भएको स्थायी समिति बैठकको पहिलो दिन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली अनुपस्थित भएका थिए ।

ओली सहभागी हुने भएरै आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको बताइएको छ । अर्को बैठकदेखि मात्रै ओली र प्रचण्डको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार