• शुक्रबार, असोज ९ २०८३

नेकपा स्थायी कमिटी बैठकको स्थान परिवर्तन


आइतबार, मंसिर २८ २०७७
805
Shares

काठमाडौं । आज (आइतबार) बस्ने सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकको स्थान परिवर्तन गरिएको छ।

यसअघि धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राखिने भएको हो।

बालुवाटारमा बैठक राखिए अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन्।

चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यलाई ध्यानमा राख्दै बालुवाटारमै बैठक राख्नुपर्नेमा जोड दिइएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार